Global College

नेपाल फाइनान्सको संस्थापक सेयर किन्ने अवसर, मूल्य कति ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

यसअघि संस्थापक सेयरधनीलाई बिक्री खुला गरेको सेयरमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

NECO

Leave Your Comment

Related News