‘करेक्सन’ भएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार ३३२ वटा कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २ लाख ४१ हजार ६६५ पटक करोबार हुदाँ कारोबार रकम भने २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँ रह्यो ।
मंगलबार १३ वटा समूह मध्ये ५ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ८ वटा समूहको सेयर मूल्य घटेको हो ।
बैकिङ ७.१६, वित्त ५७.०४, लगानी ०.०९ , जीवन बीमा ७९.७३ र व्यापार २.६९ अंकले बढेको छ । भने विकास बैंक ७६.२२, होटल र पर्यटन १७३.९५, जलविद्युत १३.०६, उत्पादन र प्रशोधन ११५.३०, लघुवित्त ६२.८१, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा १४५.६७ र अन्य १८ अंकले घटेको हो ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा कम्पनीहरुमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, अपि पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रह्यो । नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ६८ कराड २१ लाख रुपैयाँ, शिवम सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँ, अपि पावर कम्पनीको ४२ करोड ६९ लाख रुपयाँ र अरुण भ्याली हाइड्रोपावरको ४२ करोड रुपैयाँ बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार