काठमाडौं । सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ पुगेको छ । विहीबरको तुलनामा कारोबार रकम ३६ करोड ६३ लाख रुपैयाँले बढेको हो । विहीबार कारोबार रकम ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ थियो।
यस दिन, सेन्सेटिभ इन्डेक्स ४.४६ अंकले बढेर ४५३.९६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.३२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.५२ अंकले बढेको छ ।
यस दिन ११ उप समूह बढेका छन् भने । २ उप समूह घटेका छन् । बैंकिङ १.१५ प्रतिशतले,विकास बैंक ०.१३, होटल्स तथा पर्यटन समूह ०.३१, जलविद्युत ०.५१,लगानी ०.०६, जीवन बीमा ०.४५, उत्पादन र प्रशोधन १.२४, लघुवित्त ०.६१, म्युअुचल फण्ड ०.७१, निर्जीवन बीमा २.०९ र अन्य समूह ०.५० प्रतिशतले बढेका छन्। वित्त ०.४३, र व्यापार समूह ०.०९ र प्रतिशतले घटेको छ ।
यस दिन पियोर इनर्जीको शेयर १५ प्रतिशतल बढेको छ। त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने श्रीनगर एग्रीटेक, कालिका लघुवित्त वित्तीय संस्था र सागर डिष्टिलरीको शेयरमूल्य ६.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड २१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।



