CLI
Global College

पुँजीबजार विकास र सुधारका उपाय पेस गर्न राष्ट्र बैंक र सेबोनलाई अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिइका छन्।

अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)का उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्। पछिल्लो समय पुँजीबजारमा देखिएको अस्थिरतालाई ध्यानमा राखेर वाग्लेले सम्बन्धित निकायहरुसँग छलफल गर्दै आएका छन्।

छलफलमा राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल र डेपुटी गभर्नर किरण पण्डित तथा धितोपत्र बोर्डका अध्यक्ष डा गोपाल भट्ट र उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।

Leave Your Comment

Related News