आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण ।

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको अबसरमा र विभिन्न क्षेत्रका  प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण गरेको छ ।

कम्पनीले  स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्रि वितरण गरेको जनाएको छ ।

कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ भने   काठ्माडौं टोखा स्थित विपद्को शिकार भएका परिवारहरुलाई राहत सामाग्रिहरु  वितरण गरेको हो । साथै, धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार