CLI
Global College

प्रधानमन्त्रीसँग छलफल सकिएपछि किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सिंहदरबार गेटबाट पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।

प्रहरीले उनलाई आज सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएको हो। अध्यक्ष तामाङ प्रधानमन्त्री वालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्किने क्रममा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

छलफल सकिएपछि सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ गरिएका तामाङलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ।

प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको पुनःस्थापना, सडक तथा पूर्वाधार पुनर्निर्माणलगायत विषयमा छलफल गरेका थिए। सोही छलफलमा सहभागी हुन किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पनि सिंहदरबार पुगेका थिए।

Leave Your Comment

Related News