CLI
Global College

२१.१९ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८० अंक घटेको छ । भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

यस दिन ३५० वटा कम्पनीको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम २ अर्ब ९०  लाख रुपैयाँले  घटेको हो । मंगलबार कारोबार रकम ८ अर्ब २८ करोड रुपैयाँ थियो।

यस दिन सबै उप समूह घटेका छन् । बैंकिङ ०.६३ प्रतिशत, विकास बैंक ०.७३ ,वित्त ०.७६, होटल्स तथा पर्यटन समूह ०.८५,  जलविद्युत १.०४, लगानी ०.८१, जीवन बीमा १.०१, उत्पादन र प्रशोधन ०.५२, लघुवित्त ०.८२, म्युअुचल फण्ड ०.६४, निर्जीवन बीमा ०.९१, अन्य समूह ०.८७ र व्यापार समूह ०.७० प्रतिशतले बढेका छन् ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशत घटेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News