RE
Global College

स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सदस्य सुचित्रा पन्त शाहको नाममा रहेको ७ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनको व्यवस्था बमोजिम उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र कार्यालय समय भित्र आवश्यक कागजात संलग्न गरी आवेदन दिनु पर्ने छ । आवेदन संस्थाको केन्द्रीय कार्यालय बनेपा–५, काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखित रुपमा निवेदन दिनु पर्ने छ ।

तोकिएको म्याद भित्र निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट उल्लेखित सम्पूर्ण सेयर बिक्री नभएमा प्रचलित कानुन ÷ व्यवस्था बमोजीम अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News