आज राति नेपाल टेलिकमको विभिन्न सेवा अवरुद्ध हुने

काठमाडौं । आज राति नेपाल टेलिकमको विभिन्न सेवा अवरुद्ध हुने भएको छ। आज राती ११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने भएको हो ।

कम्पनीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्वेरी सेवाहरू प्रभावित हुने जानकारीका दिएको हो।

कम्पनीले सूचनामा ती सेवा सम्बन्धी समस्या आएमा १४९८ र १९८ मा डायल गर्न अनुरोध गरेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार