काठमाडौं ।
कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ।
नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि टायल खोज्ने ग्राहकलाई कजारियाका उत्पादनमा सहज पहुँच पुग्ने कम्पनीले जनाएको छ।
प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११ः३० बजे गरिएको हो। उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेड तथा प्राधान हार्डवेयर ग्यालरीका प्रतिनिधि, निर्माण तथा इन्टेरियर क्षेत्रसँग सम्बन्धित व्यवसायी र स्थानीय ग्राहकहरूको सहभागिता रहेको थियो। ग्राहकको आवश्यकता तथा बदलिँदो डिजाइन ट्रेन्डलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको उक्त डिलरमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सन उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकले एउटै स्थानबाट विभिन्न आधुनिक डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल अवलोकन गरी आफ्नो रुचि, स्थानको आवश्यकता तथा परियोजनाअनुसार उपयुक्त टायल छनोट गर्न सक्नेछन्।
नयाँ डिलरमार्फत घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा निर्माण क्षेत्रसँग सम्बन्धित अन्य ग्राहकले कजारियाका टायल कलेक्सन सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार नेपालका प्रमुख तथा उदीयमान बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकसम्म गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरका टायल समाधान पुर्याउने रणनीतिअन्तर्गत नयाँ डिलर थपिएको हो।
“प्राधान हार्डवेयर ग्यालरीलाई हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा खुसी छौँ। यो सहकार्यले नेपालभर हाम्रो रिटेल पहुँच विस्तार गर्नुका साथै ग्राहकलाई कजारियाका गुणस्तरीय तथा आधुनिक डिजाइनयुक्त टायल समाधान सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्नेछ,” कम्पनीका प्रतिनिधिले भने।
उद्घाटन समारोहका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको प्रमाणपत्रसमेत प्रदान गरेको छ। कम्पनीका अनुसार नयाँ डिलरमार्फत कजारियाका विभिन्न प्रिमियम टायल कलेक्सन ग्राहकका लागि उपलब्ध हुनेछन्।



