साढे २० खर्ब पुग्यो कुल विदेशी विनिमय सञ्चिति, १५.६ महिनाको वस्तु आयात धान्न

काठमाडौं । गत आर्थिक वर्षमा कुल विदेशी विनिमय सञ्चिति ३२ प्रतिशतले बढेको छ । आइतबार राष्ट्र बैंकले गत आर्थिक वर्षको मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०७९/८० मा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ  कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११
अर्ब ७१ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल  राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ
रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्धि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९ खर्ब ३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले  कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८०÷८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु
आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

बाह् य लगानी स्थिति
२०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड रुपैयाँ तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ रहेको
छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १ खर्ब ७७ अर्ब २ करोड रुपैयाँले घाटामा रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार