RE
Global College

५ अर्ब बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरिएको उक्त रकम बराबरको टे«जरी बिलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।

कार्यालयका अनुसार १८२ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८३ चैत १६ गतेभित्र परिपक्क हुनेछ । १८२ दिनको अवधि रहने ट्रेजरी बिलका लागि सोमबार ९ बजेदेखि ३ बजेसम्म आवेदन दिन सकिन्छ ।

यसअघि असोज ६ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ९१ दिनका लागि २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २५ अर्ब ५३ करोडको ट्रेजरी बिलको लागि ९२ अर्ब ५३ करोडको बोल परेको थियो । जसमा औसत छुटदर १.००९३ रहेको थियो ।

Leave Your Comment

Related News