RE
Global College

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समुद्घाटन अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले गरेकी हुन् । समुद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै अध्यक्षले बदलिँदो परिवेशमा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटी सम्बन्धी तालिमलाई प्राथमिकता दिने र कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले यथाशक्य लगानी गर्ने बताइन् ।

कर्मचारीको दक्षता र क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याउने उनको भनाइ थियो । सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवाड –२०८३’ छनौट हुने कर्मचारी शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई अध्यक्षज्यूले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीहरूलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा, उनले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएको उल्लेख गर्दै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्ने, संस्थाका नीति, नियमको पालना तथा कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने र ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास अझ बलियो बनाउने उनको भनाइ थियो ।

Leave Your Comment

Related News