काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्थाका रूपमा सेप्टेम्बर २३ देखि २६ सम्म चार दिनसम्म चलेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) आयोजना गरेको थियो। काठमाडौंको बुढानिलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न प्रतियोगिता एसीसीए टाइटल स्पोन्सर रहेको “एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६” का रूपमा सञ्चालन भएको थियो।
प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्य समूहसहित १६ टोलीले सहभागिता जनाएका थिए। कक्षाकोठा र कार्यस्थलबाहिर एसीसीएका विद्यार्थी, व्यवसायी तथा सदस्यलाई जोड्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले प्रतिस्पर्धासँगै सहकार्य, नेतृत्व, सञ्चार, नेटवर्किङ र खेलभावनालाई प्रवर्द्धन गरेको छ।
सहभागी टोली
प्रतियोगितामा सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए), ब्रिटिश प्रोफेसनल कलेज, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत विभिन्न संस्थाका टोलीले सहभागिता जनाएका थिए। जसमध्ये केही संस्थाले एकभन्दा बढी टोलीबाट प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको नतिजा
रोमाञ्चक प्रतिस्पर्धापछि सिड च्यालेन्जर्स प्रतियोगिताको विजेता बनेको छ। विजेता टोलीले रु. ८०,००० नगद पुरस्कार प्राप्त गरेको छ भने सीसीए आरसीबी प्रथम उपविजेता बनी रु. ५३,३३३ हात पारेको छ। त्यसैगरी, सीसीए गोर्खाज द्वितीय उपविजेता बनेको छ र रु. २६,६६६ पुरस्कार पाएको छ। तृतीय उपविजेता बीपीसी नाइट्सलाई गिफ्ट ह्याम्पर तथा लन्च/डिनर कुपन प्रदान गरिएको थियो।
व्यक्तिगत पुरस्कार
व्यक्तिगत पुरस्कारतर्फ सीसीए च्यालेन्जर्सका दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भई रु. २०,००० प्राप्त गरेका छन्। सीसीए आरसीबीका दिवास सिलवाल उत्कृष्ट ब्याट्सम्यान बनेका छन् र उनले रु. १३,३३३ पाएका छन्। सिड च्यालेन्जर्सका अनन्त गौतम उत्कृष्ट बलर घोषित भई रु. १३,३३३ को पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा कुल २८ वटा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिएको थियो। प्रत्येक पुरस्कारको राशि रु. १,३३३ रहेकोले यसको कुल रकम रु. ३७,३२४ पुगेको छ। साथै, बीईजी र बीपीसीबीच आयोजित मैत्रीपूर्ण खेलमा बीपीसी विजयी भएको थियो।
प्रायोजक तथा सहयोगी
- टाइटल स्पोन्सर: एसीसीए
- गोल्ड स्पोन्सर: आवान ट्रेडिङ
- सिल्भर स्पोन्सर: अस्ट्रिक्स एजुकेसन हब
- कम्युनिटी सपोर्टर: एजीके पार्टनर्स
- हस्पिटल पार्टनर: शुभम इन्टरनेशनल हस्पिटल
ब्रिटिश प्रोफेसनल कलेजबारे
ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) द ब्रिटिश कलेजको भगिनी संस्था हो। बीपीसीले सन् २०१३ देखि नेपालमा एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ र नेपालमा एसीसीएको उच्चतम प्रोभाइडर स्तर प्लेटिनम स्टाटस प्राप्त गरेको छ।



