दिनानुदिन बढ्दै भेडा बाख्राको आयात


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल कृषिप्रधान देश भएर पनि भेडा बाख्राको आयात दिन दिनै वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्क हेर्दा प्रथम नौ महिनाको अवधिमा नेपालले २ अर्ब ३३ करोड बराबरको भेडा बाख्रा आयात गरेको छ । नाकाबन्दीको कारण गत वर्ष आयात कम देखिएतापनि यो आर्थिक वर्षको नौ महिनाको अवधिमै गत आर्थिक वर्ष भन्दा धेरै आयात भईसकेको छ । 
यो क्षेत्रमा लामो समय देखी काम गर्दै आएका एक व्यवसायी अनुसार ” यो क्षेत्रमा सम्भावना धेरै छ, नेपालमै बसेरपनि  राम्रो कमाई हुन्छ ।” उनी फेरी थप्छन ” उत्पादन भईसकेपछी बजार नपाउने सम्भावना न्यून जस्तै छ । त्यसमाथि पशुपालन गर्ने कृषकले पालिएको पशुको बिमा गर्दा तिरेको प्रिमियममा सरकारले अनुदान समेत दिँदै आइरहेको छ ।” यद्यपि, दिनानुदिन मासुका लागि भेडा बाख्राको आयात बढ्दै गईरहेको सरकारी तथ्यांकले देखाउछ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार