RE
Global College

विपत्ति र शोकका बीच विजयादशमी, एकता र नवपुनर्निर्माणतर्फ लम्किन सभापति लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले यस वर्षको बडादसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको बताएका छन्। प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित हुनुपरेको प्रति दुःख व्यक्त गर्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

सङ्कटको यस संवेदनशील परिस्थितिमा विजयादशमीको पर्वले सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन्। साथै, नवदुर्गा भवानीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा समर्पित हुने शक्ति प्रदान गरून् भन्दै यो पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गर्ने कामनासमेत उनले गरेका छन्।

NECO

Leave Your Comment

Related News