भक्तपुर।भक्तपुरको घलाते चोकस्थित योयो ब्याङ्क्वेट नजिकै भेस्पा र अप्रिलिया स्कुटरको नयाँ आधिकारिक शोरुम ‘आर.एस. एम्पायर्स प्रालि’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकोर्प प्रालिका मुख्य कार्यकारी अधिकृत विजय महतोको उपस्थितिमा उक्त नयाँ शोरुमको उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा बोल्दै डेल्टा अटोकोर्पका सिइओ महतोले ऐतिहासिक र सांस्कृतिक सहर भक्तपुरमा इटालियन ब्रान्ड भेस्पा र अप्रिलियाको नयाँ सोरुम विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने, “इटालीको उत्कृष्ट मास्टरपिस भेस्पा र रेसिङ डिएनए बोकेको अप्रिलिया ब्रान्डजस्तै भक्तपुरको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक पहिचान छ। ८० वर्ष पूरा गरेको भेस्पाले यस अवसरमा नयाँ आकर्षक रङहरू प्रस्तुत गर्नुका साथै नेपालमा सबैभन्दा पछिल्लो प्रविधियुक्त बीएस-६ ओबिडी-२ मोडलहरू उपलब्ध गराएको छ।”
आर.एस. एम्पायर्स प्रालिमार्फत अब भक्तपुरबासीले ३एस (Sales, Service, and Spare Parts) सुविधा सहज रूपमा प्राप्त गर्ने प्रतिबद्धता समेत जनाइएको छ। नयाँ सोरुममा भेस्पा र अप्रिलियाका लाइल्याक, एभरग्रिन, स्काई ब्लु र गोल्डेन जस्ता नयाँ आकर्षक रङका साथै आधुनिक फिचर्स भएका स्कुटरहरू अवलोकन तथा खरिद गर्न सकिनेछ।




