काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आक्रामक रुपमा दाबी भुक्तानी गर्दैै पछिल्ला तीन आर्थिक वर्षमा १० अर्ब ७३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० वीरेन्द्र बैदवारले बीमाप्रतिको विश्वास कायम राख्न समयमै र सहज रूपमा दाबी भुक्तानी गर्नु कम्पनीको मुख्य जिम्मेवारी रहेको बताए । उनले भने, “दाबी भुक्तानीमा नो कम्प्रोमाइज ।” बीमितले समयमा भुक्तानी पाए भने बीमाप्रतिको विश्वास बढ्छ । त्यही विश्वास नै हाम्रो मानक हो,’ बैदवारले भने कम्पनीले दाबी फछ्र्योटलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र ‘हाम्रो पहिलो ध्यान नै छिटोछरितो माध्यमबाट दाबी भुक्तानी फछ्र्योट गर्नु हो,’ ।
जेनजी आन्दोलनको ८० प्रतिशत दाबी फछ्र्योट
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिबापत कम्पनीमा परेको ३८९ दाबीको अग्रिम तथा अन्तरिम गरी ४ अर्ब २२ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । उक्त आन्दोलनका क्रममा भएको क्षतिबापत कम्पनीमा कुल ४२२ वटा दाबी परेकामा तीमध्ये अधिकांश दाबी फछ्र्योट भइसकेको छ भने र अब ३३ वटा दाबी मात्रै भुक्तानी हुन बाँकी रहेकोे छ । उक्त घटनामा प्रारम्भिक अनुमानित दायित्व ५।५० अर्व बराबरको देखिएको थियो । जुन दायित्व निर्जिवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक रहेको थियो । कम्पनीका अनुसार बाँकी रहेका दाबीमध्ये अधिकांशमा आवश्यक कागजात पूरा हुन बाँकी छन् भने केही दाबीको अन्तिम सर्भे प्रतिवेदन प्राप्त हुन बाँकी रहेको छ । ‘हाम्रो पहिलो र अन्तिम प्राथमिकता नै दाबी भुक्तानी हो। जेनजी आन्दोलनको ८० प्रतिशत दाबी भुक्तानी दिइसकेका छौं, अब ३३ वटा मात्रै बाँकी छन्,’ सीईओ बैदवारले भने । अन्तिम सर्भे प्रतिवेदन प्राप्त हुनासाथ बीमालेखका सर्त, स्वीकृत क्षति मूल्याङ्कन तथा प्रचलित कानुनी व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी तदारुकताका साथ दाबी फछ्र्योट गरिने बैदवारले बताए ।
तीन वर्षमा १० अर्ब ७३ करोड भुक्तानी
सिद्धार्थ प्रिमियरले पछिल्ला तीन आर्थिक वर्षमा जेनजी आन्दोलन, दैवी प्रकोप तथा अन्य नियमित रूपमा आउने दाबीबापत १० अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २ अर्ब १५ करोड, २०८१र८२ मा २ अर्ब ८० करोड र आर्थिक वर्ष २०८२र८३ मा ५ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ । यसरी पछिल्ला तीन वर्षमा कम्पनीको कुल दाबी भुक्तानी पौने ११ अर्ब रुपैयाँ पुगेको छ ।
बाढी प्रभावित बीमितलाई पनि प्राथमिकता
सिद्धार्थ प्रिमियरले २०८१ सालमा आएको बाढीबाट भएको क्षतिबापत पनि १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ । यसैगरी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निजी तथा व्यावसायिक सम्पत्ति, सवारीसाधन, उद्योग तथा पूर्वाधारलगायत क्षेत्रका दाबी फछ्र्योटलाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । बाढीबाट प्रभावित बीमितलाई सकेसम्म छिटो आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले दाबी फछ्र्योटको प्रक्रिया तीव्र बनाइएको कम्पनीले जनाएको छ ।नेपाल बीमा प्राधिकरणले भोटेकोशी बाढीबाट सिर्जित दाबीको शीघ्र फछ्र्योटका लागि जारी गरेको व्यवस्था तथा निर्देशनको मर्मअनुसार योग्य दाबीलाई सहज, पारदर्शी र शीघ्र रूपमा फछ्र्योट गर्ने प्रतिबद्धता बैदवारले व्यक्त गरेका छन् ।
‘बीमाको मूल उद्देश्य नै आर्थिक जोखिम न्यूनीकरण’
प्राकृतिक विपद्का कारण हुने भौतिक तथा आर्थिक क्षतिलाई पूर्ण रूपमा रोक्न नसकिए पनि बीमामार्फत त्यसबाट उत्पन्न आर्थिक प्रभावलाई न्यूनीकरण गर्न सकिने बैदवार बताउँछन् । उनका अनुसार विपद्बाट प्रभावित बीमितलाई पुनः सामान्य अवस्थामा फर्कन आवश्यक आर्थिक आधार प्रदान गर्नु नै बीमाको मूल उद्देश्य हो ।
आवश्यक कागजात समयमै उपलब्ध गराउन आग्रह
दाबी फछ्र्योटको गति आवश्यक कागजात, क्षतिको विवरण तथा सर्भे र मूल्याङ्कन प्रतिवेदन समयमै उपलब्ध हुने प्रक्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने कम्पनीले जनाएको छ । त्यसैले दाबी फछ्र्योटलाई थप तीव्र बनाउन आवश्यक कागजात तथा क्षतिको विवरण समयमै उपलब्ध गराउन कम्पनीले बीमितलाई आग्रह गरेको छ । कम्पनीले आफ्नो दाबी व्यवस्थापन संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै योग्य दाबीलाई बीमालेखका सर्त तथा प्रचलित कानुनी व्यवस्थाअनुसार यथाशीघ्र फछ्र्योट गर्ने जनाएको छ ।




