RE
Global College

आर्थिक वृद्धिदर ४ प्रतिशत रहने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३मा आर्थिक वृद्धिदर ४ प्रतिशतले रहने जनाएको छ ।

कार्यालयका अनुसार   त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ४.०० प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

यो बृद्धि हुनुमा विद्युत उत्पादन, प्रसारण तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धि मुख्य कारण रहेको छ। समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण मध्ये सार्वजनिक प्रशासन तथा रक्षा बाहेक अन्य औद्योगिक वर्गिकरणमा धनात्मक वृद्धिदर रहेको अनुमान गरिएको छ। यद्यपि आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा सरकारी खर्चमा भएको कमि र आन्तरिक औद्योगिक उत्पादन तथा कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ।

मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकको तुलनामा सोही आर्थिक वर्षको चौथो त्रैमासिकमा १.५४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ।

NECO

Leave Your Comment

Related News