काठमाडौं । ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा नेपाल पराजित भएको छ । नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो ।
क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ८७ रनको पारी खेले पछि टोलिको हार टार्न सकेनन् । त्यस्तै दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए भने गुल्सन झा र इशान पाण्डेले समान २१ रन बनाए । आशिफ शेख २० रनमा आउट हुँदा रोहित पौडेलले १८ रनको पारी खेले ।
यस अघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले १०५ रनको पारी खेले । त्यस्तै आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।




