काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
बुधबार देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।




