RE
Global College

अर्थमन्त्री वाग्ले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँ दिल्ली आइपुगेका हुन्। नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ। “निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको सत्रमा उनी अतिथि वक्ताका रूपमा रहेका छन्।

यसअघि अर्थमन्त्री डा. वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडी टिभी विश्व सम्मेलनलाई सम्बोधन गरेको सत्रमा पनि सहभागी भएका थिए। बिहीबार राति प्रधानमन्त्री मोदीले सम्बोधन गरेको सत्रमा अतिथिका रूपमा उनी सहभागी भएका हुन्।

उक्त सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा. वाग्लेबिच संक्षिप्त भेट र कुराकानीसमेत भएको थियो। सो सम्मेलनको विशेष सत्रमा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले सम्बोधन गर्दा पनि उनी अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए। सो क्रममा उनीहरूबिच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तरसमेत भएको थियो।

NECO

Leave Your Comment

Related News