RE
Global College

अमेरिकी सांसद् जेसन स्मिथको टोलीसँग सभामुख डोलप्रसाद अर्यालको भेटवार्ता

काठमाडौं । हाउस अफ कमिटी अन वेज एन्ड मिन्सका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य जेसन स्मिथको नेतृत्वमा आएको अमेरिकी संसदीय प्रतिनिधिमण्डलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरूसँग भेटवार्ता गरेको छ। नेपाल र अमेरिकाबीचको करिब ८० वर्ष लामो कूटनीतिक सम्बन्धलाई आधार मान्दै अक्टोबर २३ का दिन यो उच्चस्तरीय भेटवार्ता भएको हो।

यस भ्रमणले अमेरिकी नागरिकहरूको सुरक्षा, अमेरिकी आर्थिक हितहरूको प्रवर्द्धन तथा दुवै देशका लागि थप सुरक्षा र समृद्धिलाई सुदृढ पार्ने नेपाल(अमेरिका साझेदारीको महत्त्वलाई थप बलियो बनाएको छ। भेटका क्रममा दुई देशबीचको दीर्घकालीन साझेदारी र आपसी हितका विविध विषयमा समेत छलफल भएको थियो।

NECO

Leave Your Comment

Related News