काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय ३० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ७८ हजार ७७० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ थियो ।




