काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कात्तिक १२ गते हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी सूचना अनुसार उक्त शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते अपराह्न २ बजे हुने निश्चित गरिएको छ।
ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा उक्त शपथ ग्रहण समारोह आयोजना हुनेछ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमा शपथ ग्रहण कार्यक्रममा उपस्थित हुनका लागि समितिले सादर निमन्त्रणा तथा सूचना जारी गरेको छ ।





