Global College

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई ५ लाख धरौटीमा रिहा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

ललितपुर जिल्ला अदालतमा बुधबार उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

एन्फामा भएको भनिएको आर्थिक घोटालासम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो।

मुद्दा दायर भएपछि दुवै जना अदालतमा उपस्थित भएका थिएनन्। बुधबार अदालतमा उपस्थित भएका नेम्वाङ र राईको थुनछेक बयानपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

NECO

Leave Your Comment

Related News