काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर आम सर्वसाधारणले समेत किन्न पाउने गरि बिक्रीमा राखेको छ । बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेकोमा विद्यमान सेयरधनीहरुबाट आवेदन नआए पछि आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार साउन २० गते ३५ दिनको सूचना जारी गरि सेयर खरिदका लागि आवेदन दिन भनेको थियो । सो अवधि भित्र कोही कसैबाट पनि सेयर खरिदका लागि निवेदन पर्न नआएकाले उक्त सेयर खरिद गर्न इच्छुक अन्य योग्य व्यक्ति वा संस्थाले ३५ दिन भित्र सूचना दिनु पर्ने छ ।
बैंकले सेयर संख्या खुलाएको छैन । आवेदन दिदाँ कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनु पर्ने छ ।



