काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ५० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँ थियो ।



