सरकारले तीन दिनभित्र फाइलमा निर्णय दिने

काठमाडौं । सरकारले तिनदिन भित्र कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास  गर्ने भएको छ । सो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा  प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपि शर्मा ओलीका अनुसार तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने  कुरा बताएका हुन् । उनले संसदमा जवाफ दिने क्रममा सरकारले नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढाएको पनि जाकारी दिएका छन्  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार