काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६२ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५० करोड ९८ लाख ६६ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६ करोड ३३ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो।
बैंकको कुल सञ्चालन आम्दानी ५७ करोड ६२ लाख ५४ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ६५ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड ३१ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।
त्यस्तै, बैंकको करअघिको नाफा ४ करोड ७८ लाख २ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १२ करोड ६० लाख १६ हजार रुपैयाँ रहेको थियो।
निक्षेप र कर्जा बढ्यो
बैंकले समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढाएको छ। असोज मसान्तसम्म बैंकले ५७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको असार मसान्तमा बैंकको निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकले ४७ अर्ब ९ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको कर्जा लगानी ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ रहेको थियो।
बैंकको कुल सम्पत्ति ६६ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको कुल सम्पत्ति ६५ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको थियो।
निष्क्रिय कर्जा अनुपात बढ्यो
बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेर ७.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात ६.८६ प्रतिशत रहेको थियो।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै, चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने १३ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।



