काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि १०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँ थियो ।



