आइसिटी अवार्ड अन्तर्गत स्टार्टअप तथा आईडिया पिचिङको विशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने

काठमाडौं ।  आइसिटी अवार्ड २०२४ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ । भदौ ५ गते बुधबार यस सम्बन्धि सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुप र आइसिटी अवार्डबीच हस्ताक्षर भएको हो ।

सम्झौतासँगै आइसिटी अवार्डका उत्कृस्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका प्रतिस्प्रधीहरुको ग्राण्ड जुरी सेसनमा हुने प्रस्तुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिनेछ ।

अवार्ड कार्यक्रमका प्रि-इभेन्ट र यसले सिर्जना गरेको इम्प्याक्ट समावेश गरी ५ बढी एपिसोड प्रशारण हुनेछ ।  यसैगरी पुष ५ गते हुने ग्राण्ड फिनाले कार्यक्रमको प्रत्यक्ष प्रशारण पनि टेलिभिजनमार्फत हुनेछ । टेलिभिजन कार्यक्रम कात्तिक अन्तिम सातादेखि पुस पहिलोहप्तासम्म साप्ताहिक रुपमा सञ्चालन हुनेछ ।

स्टार्टअप, इन्नोभेसनलाइ प्रवर्धन र इकोसिस्टम विकासको लागि टेलिभिजनसँग सहकार्य गरेको बताए । आइसिटी अवार्डलाइ अन्तरास्ट्रिय स्तरसम्म लैजाने उदेश्यले आयोजकले सन् २०२२ देखि साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको पनि आयोजना गर्दै आइरहेको छ ।

आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड कार्यक्रम हो । आइसिटी अवार्डले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्त्वपूर्ण योगदान दिएकालाई सम्मान गर्दै आएको छ ।

फिनालेमा नेपालभित्र विभिन्न १४ विधा र दक्षिण एसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ । १४ बढी बिज्ञ जुरी समिति र १२ जना बढीको बिशिस्ट सल्लाहकार समित रहेको यस अवार्डमा बिद्यार्थीदेखि सरकारी सस्थांसम्मले विभिन्न विधामा निमिनेसन दर्ता गर्न सक्नेछन । नोमिनेसन यहि भद्र १५ गतेसम्म संचालन हुनेछ ।

अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ । यस अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ ।

क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम आफै वा अरु कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।

यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन छनौट गरिने छ । यस अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड(प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरु रहेका छन ।

अवार्डको प्रि इभेन्टको रुपमा टेलिभिजन शो सँगै स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प, इन्डस्ट्री भिजिट लगायतका १० बढी कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार