काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् । दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक अधिकारीहरूसँग पनि भेट्न थालेका छन् । आजको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फस्र्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार गरेका थिए ।
शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराउएका थिए । उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए ।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको पनि मिश्रीले जानकारी दिएका थिए । आजै यो मार्गमा रेल परीक्षण सञ्चालन भएको थियो ।



