Global College

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो बलियाे लक्ष्य

काठमाडौं । रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो ।

काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए । १३ रनमै २ विकेट गुमाएको अवस्थामा रासिदले विलियम बोसिस्टो र सहान अराचिगेसँग दुई महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । यसअघि लुम्बिनी विरुद्धको खेलमा अर्धशतक बनाएका अष्ट्रेलियन ब्याटर डेभिड वार्नर ६ बलमा जम्मा १ रनबनाएर आउट भए । अर्का ओपनर साहिल पटेल पनि ८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा काठमान्डुले ३.५ ओभरमा १३-२ को स्थितीमा थियो ।

तर रासिद खानले विलयम बोसिस्टोसँग मिलेर तेस्रो विकेटका लागसस ६२ रनको सझदारी गर्दै इनिङ्स सम्हाले । बोसिस्टो २२ बलमा २७ रन बनाएर दशौँ ओभरको तेस्रो बलमा आउट भए । त्यसपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । अराचिगेले २० बल खेल्दै ३ चौका र२ छक्का मदतमा ३३ रन बनाए ।

अर्धशतक बनाएलगत्तै रासिद पनि १६औं ओभरमा चितवनको कप्तान सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याचआउट भए । ३० बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन बनाए । यस एनपीएलमा रासिदको यो दोस्रो अर्धशतक थियो । यसअघि उनले कर्णाली याक्स विरुद्धको खेलमा ५० रन बनाएका थिए ।

त्यसपछि कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै ७ बलमा ३ छक्का प्रहार गर्दै २० रन योगदान गरे । १८औं ओभरको चौथो बलमा करण रिभ्युमार्फत एलबीडब्लु आउट भएका थिए । जहानदाद खान ९ र आदिल आलम ९ रन जोडेर आउट भए । सन्तोष यादवले २ बलमा १ छक्का प्रहार गर्दै अविजित ८ रन जोडे ।

बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । कप्तान सिकन्दर राजाले ४ ओभरमा १९ र कमल सिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर २-२ विकेट लिए । डान मोस्लीले १-१ विकेट लिए ।

NECO

Leave Your Comment

Related News