काठमाडौं । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका छन्। बाहिरिँदै गरेका रिपब्लिकन सांसद थोमस म्यासीले सोमबार औपचारिक रूपमा यो महाअभियोग प्रस्ताव ल्याएका थिए तर मंगलबार साँझ २११ का विरुद्ध २०४ मतले यो प्रस्तावलाई रोकिएको हो । अब यो प्रस्ताव समितिमा पठाइएको छ र वर्तमान कंग्रेसको कार्यकालमा यो फ्लोरमा पुग्ने सम्भावना न्यून छ।
प्रस्तावलाई हाउस जुडिसरी समितिमा पठाउने निर्णयसँगै कंग्रेसम्यान म्यासीको महाअभियोग लगाउने प्रयास तत्कालका लागि असफल भएको छ। यो प्रस्ताव हाउस जुडिसरी समितिमा पठाइएको छ र जनवरीमा बन्ने नयाँ कंग्रेसले यसलाई नउठाएसम्म यो समितिमै थन्किने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो मतदानको प्रतिक्रिया दिएका छन्। ‘डमोक्रेट्सले सेक्रेटरी अफ वार पिट हेगसेथलाई महाअभियोग लगाउने गरेको प्रयास असफल भएको छ,’ ट्रम्पले भनेका छन्, ‘थोमस म्यासी बाहेकका सबै रिपब्लिकनहरूले पिटको पक्षमा मतदान गरे।’ यो मतदानले जनवरीसम्मका लागि महाअभियोग प्रस्तावलाई रोकिसकेको बताउँदै राष्ट्रपति ट्रम्पले यसलाई एक महान् अमेरिकी देशभक्तको सफाइ भएको बताएका छन्। प्रस्तावलाई समितिमा पठाउन नचाहने डेमोक्रेट्सहरूको पक्षमा मतदान गर्ने म्यासी एक्लो रिपब्लिकन सांसद हुन्।
यसबाहेक, वासिंटनमा अनुपस्थित रहेका ११ जना डेमोक्रेटिक सांसदहरूको अनुपस्थितिले पनि पूर्ण मतदान रोक्नका लागि सहयोग पुर्याटएको थियो।



