Global College

नागरिक लगानी कोषको खुद नाफा ३१ करोड ६१ लाख रुपैयाँ, लगानी आकार ३ खर्ब ८२ अर्ब बढी

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस विवरणअनुसार कोषले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कोषको खुद नाफा ३१ करोड ४६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कोषको कुल स्रोत तथा कुल लगानी आकार ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।गत वर्षको तुलनामा कोषको खुद नाफा ०.५७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको यसै अवधिमा कोषले विभिन्न योजना तथा लगानीका क्षेत्रबाट कुल ५५ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ। यसरी आर्जित कुल आम्दानीमध्ये सेवा शुल्क तथा कमिसनबाट मात्रै ४६ करोड ९६ लाख रुपैयाँ प्राप्त भएको छ भने बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी र अन्य क्षेत्रबाट ब्याज आम्दानी स्वरूप ३ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको छ। कोषले विभिन्न बचतकर्ता र कर्मचारीहरूका लागि सञ्चालन गरेका लोकप्रिय योजनाहरू मार्फत विशाल पुँजी संकलन गरेको छ। जस अन्तर्गत कर्मचारी बचत वृद्धि अवकाश कोषमा २ खर्ब ४० अर्ब ७५ करोड रुपैयाँ, कर्मचारी एकात्मक योजनामा २ अर्ब १८ करोड रुपैयाँ, उपदान कोष योजनामा ७३ अर्ब ५९ करोड रुपैयाँ, लगानीकर्ता हिसाबमा १२ अर्ब ७१ करोड रुपैयाँ र नागरिक पेन्सन योजनामा ७६ करोड रुपैयाँ संकलित रहेको तथ्याङ्कले देखाएको छ।

नागरिक लगानी कोषले यसरी विभिन्न माध्यमबाट संकलन गरेको अर्बौँ रूपैयाँ रकमलाई निष्क्रिय हुन नदिई मुलुकका विभिन्न सुरक्षित तथा भरपर्दो क्षेत्रमा लगानी गर्ने गरेको छ। असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार कोषले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा १ खर्ब ४० अर्ब ६७ करोड  रुपैयाँ राखेको छ भने नेपाल सरकारको सुरक्षित ऋणपत्रमा ३८ खर्ब८१ करोड रुपैयाँ लगानी गरेको छ। यसबाहेक, सहभागी कटौती तथा आवास कर्जामा ७३ अर्ब रुपैयाँ, समयकालीन कर्जामा २८ अर्ब १५ करोड रुपैयाँ, ट्रेजरी बिलमा २३ अर्ब रुपैयाँ र विभिन्न संगठित संस्थाहरूको सेयर तथा धितोपत्रमा ३४ अर्ब २३ करोड रुपैयाँ लगानी गरिएको छ। यी विभिन्न क्षेत्रमा गरिएको लगानीले एकातिर कोषलाई नियमित आम्दानी दिन मद्दत गरेको छ भने अर्कोतर्फ देशको आर्थिक गतिविधि चलायमान बनाउन ठुलो योगदान पुर्याएको छ।

। यस अवधिसम्म कोषको प्रतिशेयर आम्दानी  १८.५८ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५७.११ रुपैयाँ र कुल नेटवर्थ १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। साथै, कोषले आफ्नो लगानीमा ४.२७ प्रतिशतको प्रतिफल (ROI) हासिल गरेको छ। 

NECO

Leave Your Comment

Related News