Global College

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू–भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भाग र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

NECO

Leave Your Comment

Related News