Global College

आईजीआई प्रुडेन्सियलले पौने २१ करोड घाटालाई गर्यो नाफामा परिणत, ३ करोड ३ लाख कमायो नाफा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। यससँगै कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ।

कम्पनीको कुल आर्जित बीमाशुल्क पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ५८ करोड ७८ लाख रुपैयाँ रहेको कुल आर्जित बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७२ करोड ४१ लाख ९८ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद आर्जित बीमाशुल्क २४ करोड १२ लाख रुपैयाँबाट बढेर ३४ करोड ६१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कमिसन आम्दानी पनि गत वर्षको १२ करोड ७२ लाख रुपैयाँबाट बढेर १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति १५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति १४ अर्ब ६० करोड २९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ भने कुल इक्विटी ५ अर्ब ४३ करोड १३ लाख रुपैयाँ पुगेको छ।

विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा बीमा सेवा नतिजामा गत वर्षको तुलनामा सुधार गरेको छ। गत वर्ष २९ करोड ९७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको बीमा सेवा नतिजा चालु आर्थिक वर्षमा १ करोड ४३ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४१ पैसा ऋणात्मक थियो। यसले कम्पनीको खुद नाफामा सुधार आउनुका साथै बीमा व्यवसायसमेत विस्तार भएको देखिएको छ।

NECO

Leave Your Comment

Related News