Global College

राष्ट्रिय बीमा कम्पनी नोक्सानीबाट फर्केर ऐतिहासिक नाफामा, करिब १० करोड घाटालाई पन्छाउदै २८ करोड ३० लाख नाफामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्दै २८ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ९५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २८ करोड ३० लाख २० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कुल  आम्दानी ४० करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आम्दानी १७ करोड २६ लाख रुपैयाँ रहेको थियो ।

नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ३७ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा १०६ रुपैयाँ १४ पैसा पुगेको छ।

कम्पनीको कुल सम्पत्तिसमेत बढेको छ। गत आर्थिक वर्षको अन्त्यमा २४ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ रहेको कुल सम्पत्ति बढेर चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २५ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल इक्विटी १७ अर्ब ८ करोड ३६ लाख रुपैयाँबाट बढेर १७ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको नाफामा भएको सुधारमा लगानीबाट प्राप्त आम्दानीको मुख्य योगदान देखिएको छ। समीक्षा अवधिमा लगानीबाट मात्रै २७ करोड ४९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ करोड ३७ लाख रुपैयाँ मात्र थियो।

त्यस्तै, कम्पनीको कुल आम्दानी १७ करोड २६ लाख १४ हजार रुपैयाँबाट बढेर ४० करोड ५१ लाख २९ हजार रुपैयाँ पुगेको छ। तर, खुद आर्जित बीमाशुल्क भने गत वर्षको ३ करोड ८० लाख २५ हजार रुपैयाँबाट घटेर ३ करोड ४३ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ।

बीमाशुल्क आम्दानीमा केही गिरावट आए पनि लगानीबाट प्राप्त आम्दानीमा भएको उल्लेख्य वृद्धिले कम्पनीको समग्र वित्तीय नतिजामा सकारात्मक प्रभाव पारेको देखिन्छ। पहिलो त्रैमासमै नोक्सानीबाट उल्लेख्य नाफामा फर्किनुले बीमा कम्पनीको वित्तीय अवस्थामा सुधार आएको संकेत गरेको छ।

NECO

Leave Your Comment

Related News