काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्म ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटामा थियो।
समिक्षा अवधिमा कम्पनीले ९९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा ९.९१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको कुल आम्दानी १७.३३ प्रतिशतले बढेर ६३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी ५३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल खर्च २५.०६ प्रतिशतले घटेर ५७ करोड ३६ लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च ७६ करोड ५५ लाख रूपैयाँ रहेको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन १३.८० प्रतिशतले बढेर ३३ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीको महाविपत्ति कोषमा १६ करोड ८१ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ।
३ अर्ब १० करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ८ करोड १५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेर १३ अर्ब १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९ अर्ब ९३ करोड ५३ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ५.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९२.७४ रुपैयाँ, पीई रेसियो १०१.८२ गुणा रहेको छ ।



