काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्म ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा ५.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले ३५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा १८.५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको कुल आम्दानी २५.०८ प्रतिशतले बढेर ३० करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २४ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल खर्च ३६.४४ प्रतिशतले बढेर २० करोड ८९ लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च १५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन ४७.२५ प्रतिशतले बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीको महाविपत्ति कोषमा ११ करोड ६६ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ८७ लाख रुपैयाँ रहेको छ। १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको बीमा कोषको आकार २१.८० प्रतिशतले बढेर ३ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब १६ करोड ४० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी १४.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९७.११ रुपैयाँ, पीई रेसियो ४१.१७ गुणा रहेको छ ।



