Global College

लक्ष्मी सनराइज बैंकको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका लागि २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा काठमाडौंको अग्रवाल भवन, कमलपोखरीमा बिहान १० बजेबाट सुर हुने छ । सभाले छब्बिसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने छ । बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आ.व. २०८३ /०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव माथि पनि छलफल गरेर पारित गर्ने छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.२६ प्रतिशतका दरले हुने ६,९६,३१,०२५.०० (अक्षरेपि) रु. छ करोड छयानब्बे लाख एकतिस हजार पच्चिस मात्र) बराबर नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । विशेष प्रस्तावका रुपमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने १,३३,९०,५८,१७३.०० (अक्षरेपि रु एक अर्ब तेत्तिस करोड नब्बे लाख अन्ठाउन्न हजार एक सय त्रिहत्तर मात्र) बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै उल्लिखित बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्ताव नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन/समायोजन गर्न बैंकको सञ्चालक समिति ( वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनाका लागि बैंकको मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मंसिर ११ गतेसम्म सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्ने छन भने साधारणसभामा भाग लिन पनि पाउने छन् ।

NECO

Leave Your Comment

Related News