काठमाडौं । एसियन क्लियरिङ युनियन (ACU) को स्थायी प्राविधिक समितिको बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औं बैठक नोभेम्बर १८, २०२६ मा काठमाडौँमा सम्पन्न भएको छ। अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विविध विषयमा छलफल गर्न आयोजित उक्त बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर लगायत सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा ACU सचिवालयका प्रतिनिधिहरूको सहभागि भएका थिए। सञ्चालक समितिको ५४औं बैठकले सन् २०२६/०२७ का लागि ACU को अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको छ।
एसियन क्लियरिङ युनियन (ACU) को स्थायी प्राविधिक समितिको बैठकको अध्यक्षता गर्दै नेपाल राष्ट्र् बैङ्कका गभर्नर स्वा प्रा. डा. विश्वनाथ पौडेलले: ACU को उद्देश्यप्रति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको धारणा स्पेट गर्दै सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्रा प्रयोग गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ गर्न सहयोग पुग्ने बिचार ब्यक्त गरेका थिए
एसियन क्लियरिङ युनियन (ACU) को स्थायी प्राविधिक समितिको बैठककमा इरानका केन्द्रीय बैंकका डेपुटी गभर्नर डा. अस्गर अबोलहसनी हतियानीले परिचयात्मक मन्तव्य र ACU का महासचिव डा. मोज्ताबा खलेसीले उद्घाटन मन्तव्य राखेका थिए। संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ESCAP) का कार्यकारी सचिव आर्मिडा सल्सियाह अलिसजाहबानाले भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए । त्यस्तै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फस्र्योटका लागि संस्थागत सुदृढीकरण र सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
बैठकले: सन् २०२७/२८ का लागि ACU को अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार तथा उपाध्यक्षमा भारतीय रिजर्भ बैंक चयन गरेको छ । सञ्चालक समितिको आगामी बैठक जुन २०२७ मा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णय भएको छ।
बैठककको समापन समारोअमा नेपालका अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्लेले ACU ले ५० वर्षभन्दा लामो समयदेखि पुऱ्याएको योगदानको प्रशंसा गर्दै विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताका चुनौती सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास अपरिहार्य रहेको बताएका थिए ।



