काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ४५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँ थियो ।



