Global College

सन् २०२७ मा नेपाली क्रिकेट टोलीले इङ्ल्यान्डमा ६ खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो वर्ष सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग ६ वटा खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि इङ्ल्यान्डको ऐतिहासिक लड्र्स क्रिकेट मैदानमा बङ्गलादेशसँग टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ ।

त्यस्तै आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ । यस्तै, आयरल्यान्डसँगै ३ वटा टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सहकार्यमा हुन लागेको भ्रमणलाई नेपाल र एमसीसीबीच पछिल्लो समय विस्तार हुँदै गएको क्रिकेट साझेदारीको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तरराष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

NECO

Leave Your Comment

Related News