Global College

साताको अन्तिम दिन नेप्से ७.३८ अंकले घट्यो, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेरा बन्द भएको छ भएको छ। यस दिन ३५२ वटा कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ९९ लाख रुपैयाँले बढेको छ। विहीबार कारोबार रकम ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ । यस दिन ११  उप समूह घटेका छन् भने २ बढेका छन्।,विकास बैंक ०.२३ प्रतिशतले, वित्त ०.५९, होटल्स तथा पर्यटन समूह १.३९, जलविद्युत ०.२९, लगानी ०.२, जीवन बीमा ०.९९, उत्पादन र प्रशोधन ०.८१, लघुवित्त ०२३, निर्जीवन बीमा ०.२७, अन्य समूह ०.७८ र व्यापार समूह ०.५२ प्रतिशतले घटेको छ । बैंकिङ ०.४० प्रतिशतले र म्युअुचल फण्ड ०.४१ प्रतिशतले बढेका छन्।

दोल्ती पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ५.१४ प्रतिशत बढेको छ। त्यस्तै, भुगोल इनर्जीको डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन २० करोड २२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ ।

NECO

Leave Your Comment

Related News