Global College

सोल्टी होटलले बोलायो साधारणसभा, लाभांश पारित गर्ने तयारी

काठमाडौं । सोल्टी होटल लिमिटेडले ५२औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ५२औं वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको २६६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले नगद लाभांशबापत कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी ५२औँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन्। कम्पनीले आगामी पुस २१ गते मंगलबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १० बजे वार्षिक साधारणसभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर ३० गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्। कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १७ करोड ५१ लाख ५२ हजार ५४० रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस शेयर वितरणपछि चुक्ता पूँजीमा वृद्धि हुनेछ ।

NECO

Leave Your Comment

Related News