काठमाडौं । मंगलबार नेप्से परिसूचक १५.३९ अंकले बढेको छ । नेप्से २६३८.९५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५० वटा कम्पनीको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ७२ करोड ९८ लाख रुपैयाँले बढेको छ। सोमबार कारोबार रकम ३ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ र फ्लोट इण्डेक्स १.२५ अंकले बढेको छ ।
यस दिन ११ उप समूह बढेका छन् भने २ समु घटेका छन्। बैंकिङ १.२४ प्रतिशतले,विकास बैंक१.०४, वित्त ०.०३, होटल्स तथा पर्यटन समूह ०.९४, जलविद्युत ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन र प्रशोधन ०.६१, म्युअुचल फण्ड ०.१४ निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन्। लघुवित्त ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेको छ । यस दिन एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८ प्रतिशत घटेको छ।
एकारोबार रकमका आधारमा यस दिन सोल्टी होटल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र १६.८४२१ प्रतिशत नगद लभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन्। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।



