Global College

एसिया कप राइजिङ स्टार्स : नेपालविरुद्ध पाकिस्तान ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं ।  कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत समूह चरणको महत्त्वपूर्ण खेलमा पाकिस्तान ‘ए’ ले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। दोहास्थित वेस्ट एन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा हुन लागेको यस खेलमा टस जित्दै पाकिस्तान ‘ए’ ले नेपाललाई पहिले बलिङको निम्तो दिएको हो।

समूह ‘बी’ मा रहेका दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। यसअघिका दुवै खेलमा युएई र भारत ‘ए’ लाई पराजित गर्दै ४ अंक जोडेको पाकिस्तान ‘ए’ शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा सुरक्षित भइसकेको छ। यता, पहिलो खेलमा भारत ‘ए’ सँग पराजित भए पनि दोस्रो खेलमा युएईमाथि ६ विकेटको शानदार जित निकाल्दै २ अंक जोडेको नेपाल सेमिफाइनलको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाबमा मैदान उत्रँदैछ।

NECO

Leave Your Comment

Related News