काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबिच भएको सहमतिको स्वागत गरेका छन् । यो सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एकहदसम्म सहयोग पुग्ने उनले उल्लेख गरेका छन् ।
भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न त्यो प्राविधिक निष्कर्षपछि मात्र थाहा हुने भन्दै उनले लेखेका छन्– ‘मैले बुझेअनुसार ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ । हेरौँ भारतीय प्राविधिकले यो मान्छन् या …। ‘
उनी थप लेख्छन्– ‘दुई तर्फी हवाई रुटमा फेरी पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगन्ज नै हो । हवाई रुटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो ? र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन ? कुनै वेला बताउँला । ‘



